सर्वोच्चको फैसला पछि आन्तरिक छलफलमा प्रचण्ड-नेपाल समूह
काठमाडौँ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थितिको बारेमा आफूहरु आन्तरिक छलफलमा रहेको र कानूनी परामर्शमा रहेको बताएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई निकास दिन आफूहरू लाग्ने समेत बताए ।त्यस्तै उनले अब केपी ओली सत्तामा रहन नसक्ने तर्क समेत गरे । उनले अब कसरी अघि बढ्ने बारेमा छिटै निष्कर्षमा पुगिने बताए । साथै उनले सरकारले ल्याएको अध्यादेशमा आफूहरूको असहमति रहेको पनि बताए ।