बराबरीमा रोकियो युभेन्ट्स


स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलका बाबजुद पनि युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा बराबरी खेलेको छ ।

शनिबार रातिको खेलमा साविक विजेता युभेन्ट्सले हेलास भेरोनासँग १–१ को बराबरी खेल्दै अंक बाडेको हो । भेरोनाको मैदानमा भएको खेलमा रोनाल्डोले एक गोल गरे ।
भेरोनाका लागि एन्टोनिन बाराकले एक गोल फर्काए ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९औँ मिनेटमा रोनाल्डोको गोलबाट युभेन्ट्सले अग्रता बनाएको थियो । ७७औँ मिनेटमा एन्टोनियो बाराकले गोल गर्दै हेलास भेरोनालाई हारबाट जोगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *