पार्टीलाई एक राख्न पहल गर्ने जिम्मा प्रचण्डकै काँधमा आएको छ : वामदेव गौतम


नेकपाका उपाध्यक्ष वामदेव गौतम पार्टी एक हुनुपर्ने माग लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा पुगेका छन् ।

बिहीवार बिहान दुवै नेताबीच करीब १ घण्टा कुराकानी भएको थियो ।खुमलटार स्रोतका अनुसार गौतमले प्रतिनिधि सभा पुनस्थापनापछिको अवस्थामा पार्टीलाई एक राख्न पहल गर्ने जिम्मा प्रचण्डकै काँधमा आएको छलफलका क्रममा बताएका थिए ।

तपाईंले अब पार्टी एकताको आह्वान गर्नुस्, गौतमको भनाइ उदृत गर्दै स्रोतले भन्यो, अब बल तपाईंको कोर्टमा छ ।जवाफमा प्रचण्डले अझै केही दिन हेरौं भनेका थिए । सबै कुरा केपीजीको शैलीमा भर पर्छ । उहाँ अब कसरी अघि बढ्नुहुन्छ, त्यसरी नै आगामी बाटो तय हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *