कामना सेवा विकास बैंकले गरेयो ऋणपत्र बाँडफाँड
कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ ।बैंकले माघ २२ गते, बिहीबारबाट फागुन ६ गते, बिहीबारसम्म १० वर्ष अवधिको लागि ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाममा एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । सोही ऋणपत्र बैंकले बाँडफाँड गरेको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गरेको थियो ।
उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदनहरू प्रशोधन गर्दा ८ लाख ९९ हजार ३ सय ६८ कित्ता ऋणपत्र हिजो (फागुन १२ गते, बुधबार) बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले एक सूचना मार्फत जानकारी दिएको छ ।