संवैधानिक निकाय र सर्वोच्च अदालतलाई नथर्काउ : शेखर कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक निकाय र नागरिकलाई नथर्काउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
मोरङको सुन्दरहरैचामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै डा. कोइरालाले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई नथर्काउन चेतावनी दिएका हुन् ।कोइरालाले भने, ‘प्रधानमन्त्री ओलीले सूर्य चिन्ह देउ भन्दै निर्वाचन आयोग र संसद विघटनको पक्षमा फैसला गर भन्दै सर्वोच्च अदालतलाई थर्काउनु भएको छ । जनतालाई हामी चुनाव जित्छौ जित्छौ सेटिङले हामीलाई हराइदिए भने खबरदार हामी आन्दोलन गर्छौ भन्दै धम्क्याउनु भएको छ ।’
यसले दुई तिहाइ मतले निर्वाचित प्रधानमन्त्री कति डराएको भन्ने पुष्टि हुने पनि उनले बताए । आफू कमजोर भएपछि थर्काउने, धम्क्याउने तर्फ जो कोही तानाशाह लाग्ने गरेको नेता कोइरालाको टिप्पणी छ ।