किन साइबर सेना बनाउँदै छ युवा संघ ?
नवनिर्वाचित अध्यक्ष बचनबहादुर सिंहले ‘जहाँ युवा त्यहाँ राष्ट्रिय युवा सङ्घ’ भन्ने मान्यता अनुरूप चैत मसान्तभित्र पाँच लाख सदस्य विस्तार गर्ने बताएका छन् । उनले सबै कमिटीमा साइबर सेना गठन गर्नेसमेत जानकारी दिए । मुलुकको स्वाधीनता तथा जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै कमिटीमा साइबर सेना बनाउन थालिएको बताए ।
यसअघि तत्कालीन नेकपा (एमाले)को युवा सङ्घले युथ फोर्स गठन गरेको थियो । बैठकले सरकारले गरेको लोकप्रिय काम र असाधारण उपलब्धिलाई जनताबीचमा पुर्याउन सङ्घका नेता कार्यकतालाई विशेष अभियानका साथ परिचालन गर्ने निर्णय गरेको छ । बैठकले विदेशबाट स्वदेश फर्किएका र स्वदेशमा रहेका युवा जनशक्ति राज्यको नीति तथा कार्यक्रममा पूर्णरूपमा जोडिन नसकेको भन्दै संविधानमा उल्लेख गरिएको युवा हक अधिकार र सरकारद्वारा घोषित युवामैत्री नीति कार्यक्रमलाई पूर्णतः युवाले सदुपयोग गर्न वातावरण मिलाउन सरकारसँग माग गरेको छ ।
।