सिन्धु विकास बैंकको लाभांश नदिने निर्णय
सिन्धु विकास बैंकले लाभांश नदिने भएको छ । बैंकको फागुन ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले आर्थिक वर्ष ७६/७७ को वित्तीय विवरण पारित गर्दै थप स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।
कम्पनीले आर्थिक वर्ष ७५.७६ को मुनाफाबाट ११.४८ प्रतिशत बोनस शेयर र ०.६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।