असंवैधानिक कदमविरुद्ध विवेकशील साझा पार्टीले घैंटो फुटायो
काठमाडौं । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध विवेकशील साझा पार्टीले घैंटो फोरेर विरोध प्रदर्शन गरेको छ ।
विवेकशीलले प्रतिगमनविरुद्ध आज बिहीबार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा प्रतिगमन र अधिनायकवादको विरोध गर्दै घैंटो फुटाएको हो ।
केपी ओली र विद्या भण्डारीको असंवैधानिक कदमको विरोध गर्दै विवेकशील साझा पार्टीका नेता एवं कार्यकर्ताहरुले विभिन्न नारा लेखेका कालो कपडा शरीरमा बेरेर, ुकूु लेखिएको कालो टालो टाउकोमा बाँधेका थिए । त्यस्तै हातमा तराजु झुन्ड्याएर प्रतिगमनविरुद्ध प्रदर्शन गरेका थिए ।
गलत बाटोमा अगाडि बढिरहेका शासकहरुलाई नागरिकहरुले सडकबाटै परास्त गरेको खण्डमा लोकतन्त्र र संविधानको रक्षाका हुने विवेकशील साझा पार्टीले जनाएको छ ।