प्रतिगामी ‘कदम’ विरुद्ध दाहाल-नेपाल समूहको ‘मानव साङ्लो’
प्रतिनिधिसभा विघटनवरुद्ध प्रदर्शन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाहाल–नेपाल समूहले आज टुँडिखेल वरिपरि ‘मानव साङ्लो’ बनाएर प्रदर्शन गरेको छ ।
प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक तथा प्रतिगामी कदम भएको भन्दै दाहाल-नेपाल समूहले सांकेतिक विरोधस्वरुप टुँडिखेल वरिपरि मानव साङ्लोसहित विरोध जनाएको नेकपा नेतृ पम्फा भूषालले जानकारी दिइन्।चौथो चरणको पूर्वघोषित आन्दोलनको कार्यक्रम अन्तर्गत दाहाल-नेपाल समूहले प्रतिगमनका विरुद्ध विभिन्न नारा लेखिएका ‘प्लेकार्ड’सहित प्रदर्शनमा उत्रिएको हो ।
मानव साङ्लोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए । प्रदर्शनमा अनेरास्ववियू, राष्ट्रिय युवा संगठन, अखिल नेपाल ट्रेड युनियन महासंघलगायतका भ्रातृ संगठनका नेता तथा कार्यताहरु सहभागी भएका थिए ।