कार्यकारीविरुद्ध मुद्दा हाल्न नियन्त्रण गर्ने पक्षमा प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीका विरुद्ध मुद्दा हाल्ने प्रचलन नियन्त्रणका पक्षमा देखिएका छन् । उनका अनुसार प्रधानमन्त्रीविरुद्ध मुद्दा गर्नु ‘सस्तो लोकप्रियता’ हो ।

प्रधानमन्त्री ओलीले अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले उनीविरुद्ध दायर गरेको अदालतको अवहेलना सम्बन्धी मुद्दामा पेश गरेको लिखित जवाफमा सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीविरुद्ध मुद्दा गर्ने प्रचलन नियन्त्रण गर्नु जरुरी रहेको उल्लख गरेका छन् ।प्रधानमन्त्री ओलीले प्रत्येक नागरिकले मौलिक हकको कार्यान्वय गर्न, कानूनले प्रदान गरेको अधिकारको पालना गर्न कुनै बन्देज छैन भनेका छन् । उनले आफ्नो जवाफमा लेखेका छन्, ‘सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई प्रत्यर्थी बनाई मुद्दा गर्ने जुन आमप्रचलन छ, त्यसमा भने नियन्त्रण हुन जरुरी छ ।’

प्रधानमन्त्रीले अदालतलाई लेखेको जवाफअनुसार कार्यकारी प्रमुखलाई मुद्दा हाल्नु कार्यकारी प्रमुख र आदालतको समय खेर जानुमात्र हो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले दायर गरेको अवहेलनासम्बन्धी अर्को मुद्दामा सर्वोच्च अदालतमा पेश गरेको जवाफमा प्रधानमन्त्री ओलीले उक्त कुरा उल्लेख गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *