तोकिएको समयमा नै निर्वाचन हुन्छ : परराष्ट्रमन्त्री


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन् । धुलिखेल नगरपालिकाको ३५औँ स्थापना दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित उद्घाटन कार्यक्रममा उहाँले मुलुक नयाँ निर्वाचनको पूर्वतयारीमा केन्द्रित रहेकाले आगामी वैशाख १७ र २७ गते नै निर्वाचन हुने स्पष्ट पारे ।
मन्त्री ज्ञवालीले सङ्घीय संसद्को डेढ वर्ष बाँकी रहँदै ताजा जनादेशमा जानुपर्ने बाध्यता आएको कारण प्रनितिधिसभा विघटन गरेर निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै यसअघिको निर्वाचनमा मुलुकमा स्थिरता र समृद्धि दिन्छौँ भनेर प्रतिबद्धता जनाएअनुसार कामलाई निरन्तर अगाडि बढाइरहेको अवस्थामा केही नेताको ध्यान निरन्तर कुर्सीतिर गएको उल्लेख गरे । प्राप्त जनादेशलाई भागबण्डा गरेर प्रधानमन्त्रीको कुर्सीलाई म्युजिकल चियरजस्तो बनाउने र आलोपालोमा सीमित गर्न खोजेर अस्थिरतातिर धकेल्न खोजेको कारण पनि ताजा जनादेशमा जानुपरेको उनले स्पष्ट पारेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *