युधिष्ठिरलाई भगवान श्रीकृष्णले दिएको त्यो रहस्यमय सूत्र


हिन्दु धर्मशास्त्र महाभारतमा उल्लेख भएअनुसार एकपटक युधिष्ठिरले श्रीकृष्णलाई प्रश्न गरेका थिए , ‘घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि के गर्नुपर्छ रु’

युधिष्ठिरको प्रश्नको जवाफमा श्रीकृष्णले यस्तो बताए ।– प्रत्येक दिन घरमा गाईको घिउले बालेको दियो दान गर्दा अनि घिउबाट भोगप्रसाद चढाउँदा देवीदेवताको कृपा बर्सन्छ । यस्तो गर्दा घरहरूमा दरिद्रताको वास हुँदैन ।

– घर आएका पाहुनालाई पानी पिउन दिँदा अशुभ ग्रह टर्छन् । त्यसैले कोही घरमा आउनेबित्तिकै पहिला पानी दिनुस् ।

– महलाई पवित्र खाद्यान्न मानिएको छ । यसले घरबाट नकारात्मक ऊर्जा हटाउँछ ।

– घरलाई जहिले पनि सफा राख्दा खर्चमा कमी आउँछ र धनधान्य बढ्छ ।

– सौर्यमण्डलका ग्रहहरूले मनुष्यको जीवनलाई धेरै प्रभावित पार्छन् । प्रत्येक दिन व्यक्तिले ग्रहको हिसाब अनुसार निधारमा चन्दन लगाउँदा शुभ फल प्राप्त हुन्छ ।

– चन्दन निधारमा लगाउँदा शीतलता प्राप्त हुन्छ र पापहरूको नाश पनि हुन्छ । घरमा चन्दन राख्दा त्यसको सुगन्धले नकारात्मक ऊर्जा पनि नष्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *