बलजफ्तीको चुनावले देशमा शान्ति होइन, अराजकता ल्याउँछ : प्रचण्ड
नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बलजफ्ती निर्वाचन गर्न खोजे देश अराजकतातिर जाने बताएका छन् ।
मंगलबार चितवनको भरतपुरमा प्रेस संगठन नेपालले गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरेका अवस्थामा हुने चुनाव असंवैधानिक र अलोकतन्त्रिक मानिने बताउँदै प्रचण्डले भने ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना नगरेको खण्डमा हुने चुनाव असंवैधानिक, अवैधानिक र अलोकतान्त्रिक मानिनेछ, केही मानिसले नेपालमा पनि बंगलादेशकै मोडलमा चुनाव गराउन खोजिएको भनिरहेका छन्।
यो अवस्थामा हुने चुनावले देशमा शान्ति होइन, अराजकता ल्याउँछ, यसले द्धन्द्धको सिर्जना हुन्छ।’