निर्वाचन आयोग संविधानभन्दा माथि हो र?: शेरबहादुर देउवा


बहुसंख्यक नेताहरूले केपी ओली सरकारले गराउने भनेको चुनावप्रति सन्देह व्यक्त गरिरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने ढिलोमा जेठ अन्तिमसम्म चुनाव हुनुपर्ने धारणा राखेका छन् ।

अहिलेसम्म निर्वाचन तालिका सार्वजनिक गर्न नसकेको भन्दै उनले निर्वाचन आयोगको आलोचना समेत गरे ।प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले सोमवार रुपन्देहीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै देउवाले प्रतिनिधि सभा विघटन भएको ६ महिनाभित्रमा चुनाव भइसक्नुपर्ने बताएका हुन् ।

‘निर्वाचन आयोगले चुनावको कार्यक्रम किन बाहिर ल्याउँदैन रु चुनाव गराउने हो भने प्रक्रिया अगाडि बढाउनुपर्दैन रु कुनै संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्छ । कमसेकम जेठभित्र चुनाव गराउनै पर्छ । निर्वाचन आयोग संविधानभन्दा माथि जान सक्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *