महाभारत युद्धका कारक के शकुनी नै थिए वा अरु पनि छन्?
तपाईंले महाभारतको अध्ययन गर्नु भएको छ वा महाभारतबारे जानकार हुनुहुन्छ भने पाण्डब र कौरबबीचको युद्ध हुनुको प्रमुख कारण एक जना व्यक्ति हुन् भन्ने थाहा पाउनु भएको होला ।
धृतराष्ट्रका पाच पाण्डवका काका हुन् । जो जन्मदै आँखा नदेख्ने भएका कारण कुलको जेठो हुँदा हुँदै पनि राजा बन्न पाएका थिएनन् । उनको सट्टा वलवान तथा ज्ञानी उनकै भाइ पाण्डु राजा बनेका थिए । तर पाण्डुको अल्पायुमै निधन भएपछि राजा बन्ने अवसर पुन अन्धा राजा धृतराष्ट्रमा गएको थियो । पाण्डुका पाँच छोरा सानै थिए भने धृतराष्ट्रका छोरा दुर्योधनसहित १०० भाइपनि सानै थिए ।
जब उनीहरुको शिक्षादिक्षा सकियो र युवराज घोषणा गर्ने बेला भयो त्यतिवेला देखिनै युवराज कसलाई घोषणा गर्ने भन्ने धृतराष्ट्र अन्योलमा परे । राजसभा, महामन्त्री विदूर, भीष्मपितामह लगायतकाले पाण्डु राजा भएको र उनको निधन भएका कारण धृतराष्ट्रले राजाबन्ने अवसर पाएको र पाण्डुका पुत्रहरु नै योग्य भएका कारण युधिष्ठिरलाई युवराज घोषणा गर्नुपर्ने र राजा बनाउनुपर्ने पक्षमा थिए ।
उता धृतराष्ट्र भने आफू कुरु बंशको जेठो सन्तान भएको तर आखा नदेखेका कारण मात्र राजा बन्न नपाएका कारण आफ्नो छोराले युवराज बन्ने अवसर पाउनुपर्छ भन्ने सोच्दथे । तर, उनका छोरा दुर्योधन भने घमण्डी, कुसंस्कारी, व्यभिचारी भएका कारण जनताले पनि उनलाई मन पराउँदैन थिए ।
विदुरले आफ्नो राजनीतिक आदर्श र भीष्मपितामहको विद्वताले केही गलत हुन दिइरहेको थिएन ।
तर, महाभारतका एक यस्ता पात्र थिए जसले सधै पाण्डुको विरोध र अन्धा भएका कारण राजा बन्न नपाएको भन्दै धृतराष्ट्रलाई पाण्डु र उनका पुत्र विरुद्धको भावना भड्काइरहन्थे । उनी थिए शकुनी ।
महाजार धृतराष्ट्रका साला एवं महारानी गान्धरीका भाइ शकुनीका कारण नै महाभारत युद्ध हुन पुगेको थियो । उनी आफ्ना भान्जा दूर्योधन राजा बनेको हेर्न चाहन्थे ।