संयुक्त आन्दोलनका लागि ‘प्रचण्ड’ र माधव नेपालको आत्मआलोचना जरुरी : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग संयुक्त आन्दोलनका लागि केही पूर्वशर्त रहेको बताएका छन् ।
मुलुकले आवश्यकता महसूस गर्दा संयुक्त आन्दोलन गर्न सकिने सम्भावना बाँकी नै रहेको उनले बताए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले सोमवार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले नेकपाको एउटा गुटसँग आन्दोलनमा जान नसकिने बताएका हुन् ।
‘प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर हामीले पुस ५ गते नै निर्णय गरिसकेका छौं र विज्ञप्ति जारी गरेका छौं । प्रचण्ड र माधव नेपालहरूले अपील गरिरहनुभएको छ ।
तर हामी संयुक्त आन्दोलन गरिरहेका छैनौं किनकि पहिलो उहाँहरू नेकपा नै हुनुहुन्छ, एउटा सरकारमा छ, एउटा सडकमा छ । एउटा समूहले सरकार चलाइरहेको छ, नेकपाको अर्को गुटसँग आन्दोलनमा जान सक्दैनौं ।