प्रचण्डसँग एक हुन सकिन्न, धेरै लोभ लालच गर्नु हुन्न :डा.बाबुराम भट्टराई


काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक हुन नसक्ने बताएका छन्। आज आफ्नो पुस्तक गुमनाम आमाहरुको कथा सार्वजनिक कार्यक्रममा प्रचण्डले एकै मोर्चामा रहेको बताएपछि बाबुरामले यस्तो प्रतिक्रिया दिएका हुन्।

सबैले प्रचण्ड र मलाई एकै ठाउँमा आइदिए हुन्थ्यो भन्नु हुन्छ। तर त्यो उपयुक्त छैन, बाबुरामले भने। पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि बाबुरामसँग नजिकिएका प्रचण्डले पुस्तक विमोचनमा शहीदको रगतले पनि आफूहरुलाई अलग हुन नदिने बताएका थिए। जनयुद्ध दिवसकै दिन आयोजित कार्यक्रममा उनले जनयुद्धबारे साझा बुझाइ बनाउन भने जरुरी भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *