सरकारले गरेका विकासका काम देखेर विरोधी आत्तिए : केपी शर्मा ओली
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विरोधीहरू यत्तिकै आत्तिएका नभएकाले यसबारे पर्सि ११ बजे सिंहदरबारबाट बताउने जानकारी दिएका छन् ।
ओली समूहको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका विकासका काम देखेर विरोधी आत्तिएका बताए ।‘पर्सि ११ बजे सिंहदरबारबाट ३ वर्षका कामको समीक्षा गर्दैछौं । पर्सी फागुन ३ गते मैले प्रधानमन्त्रीको पद ग्रहण गरेको तेस्रो वर्ष पूरा हुँदैछ,’ उनले भने, ‘पर्सि प्रेस कन्फ्रिन्स गर्दैछु । सबै भन्न त भ्याइँदैन, केही मोटामोटी रूपमा महत्त्वपूर्ण कुरा यसभित्र सामेल गर्नेछु, पर्सि बोल्नेछु ।’
सरकारले धेरै विकास गरेका कारण विरोधीहरू आत्तिएका उनले बताए ।