मुख्यमन्त्रीको प्रचण्ड र पत्रकारहरूलाई निम्तो,जनसभा हेर्न बुटवल आउनु
लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले जनसभा कस्तो हुन्छ हेर्नका लागि बुटवल आउन प्रचण्डलाई चुनौती दिएका छन् ।
नेकपा प्रचण्ड-नेपाल पक्षले बुधवार राजधानीमा आयोजना गरेको सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? भनेका थिए ।त्यसको जवाफमा शंकर पोखरेलले फेसबूकमा लेखेका छन्– देशभरिको होइन, एउटै प्रदेशका जनताको जनसहभागिता कस्तो हुन्छ हेर्न फाल्गुन १ गते बुटवलमा स्वागत छ राजधानीका पत्रकार मित्रहरूलाई ।