चन्द्रागिरी हिल्सको आइपिओ कारोबार आइतबारदेखि
चन्द्रागिरी हिल्स लिमिटेडको साधारण सेयर (आइपिओ) भोलि (आइतबार)देखि दोस्रो बजारमा कारोबार हुने भएको छ।
हिजो शुक्रबार नेपाल स्टक एक्सचेन्ज ९नेप्सेमा० सूचिकृत भएसँगै आइताबरदेखी दोस्रो बजारमा कारोबारमा आउने भएको हो । कम्पनीको आइपिओलाई सेयर कारोबार गर्नका ऋन्ज् संकेत प्रदान गरिएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
चन्द्रागिरी हिल्सले गत पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ०९१ कित्ता सेयरको सार्वजनिक निष्काशन गरेको थियो। यो आईपीओको बाँडफाँड गत माघ ९ गते भइसकेको छ।