मार्क्सवाद र लेनिनवाद भन्दा,चाणक्य र महाभारततिर ओलीको लगाव धेरै : प्रचण्ड
पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्को पक्षका अध्यक्ष केपी शर्मा ओलीलाई मार्क्सवाद र लेनिनवाद छोडेर चाणक्य र महाभारततिर लागेको आरोप लगाएका छन् ।
शुक्रवार अध्यक्ष प्रचण्डले ललितपुर जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले मार्क्सवाद र लेनिनवाद छोडेको आरोप लगाएका हुन् ।ुप्रधानमन्त्री ओली मार्क्सवाद, लेनिनवादप्रति इमान्दार देखिनुभएन, उनले भने, बरू ओलीले चाणक्य नीति, महाभारततिर बढी झुकाव देखाउनु भयो ।
पार्टी एकता हुँदा पारित गरिएको विचारमा ओली प्रतिबद्ध भएको भए अहिलेको समस्या नआउने प्रचण्डको जिकिर थियो ।