अब अनलाईनबाटै सिद्धार्थ बैंकको डेबिट कार्ड लिन आवेदन दिन सकिने


काठमाडौं । सिद्धार्थ बैंकको डेबिट कार्ड आवेदन लिन अब अनलाईबाटै आवेदन दिन सकिने भएको छ । बैंकले सोमबार अनलाइनबाटै आवेदन दिन सकिने गरी सेवा शुभारम्भ गरेको जनाएको छ ।नयाँ डेबिट कार्ड लिन, नविकरण गर्न,हराएको वा बिग्रिएको कार्डको सट्टा नयाँ बनाउन परेमा पनि घरबाटै सेवा प्रयोग गर्न सकिने बैंकले जनाएकोे छ ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *