हामी हरेक प्रतिगमनका विरुद्ध छौं, देशमा होस् या परदेशमा
काठमाडौं । नेपाली काँग्रेसले म्यानमारमा भएको सैन्य ‘कू’ को विश्वव्यापी विरोधको जरुरी रहेको बताएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार बिहान ट्विट गरेर म्यानमानरमा भएको सैन्य ‘कू’ को विश्वव्यापी विरोध जरुरी रहेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘यद्यपि रोहिंग्या समुदायमाथि सूची सत्ताको व्यवहारको पुरानो घटना अमानवीय थियो । तर, मानवियताको बाटो फेरि पनि लोकतन्त्रनै हो । हामी हरेक प्रतिगमन विरुद्ध छौं देशमा होस् या परदेशमा ।’म्यानमारमा गएराति सेनाले ‘कू’ गरेर स्टेट काउन्सिलर आङ सान सूकी र सूकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका वरिष्ठ नेताहरुलाई पक्राउ गरेको छ ।