ग्रीन लाइफ हाइड्रोपावरको आईपिओ निष्कासन माघ २३ देखि


काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले माघ २३ गते शुक्रबारबाट सर्वसाधारणका लागि आईपिओ बिक्री खुल्ला गर्ने भएको हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको छ ।

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो ।

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *