महासंघको शहरी विकास समिति भन्छ,हरेक प्रदेशमा नमूना शहर
नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य मीनमान श्रेष्ठकोे सभापतित्वमा गठित शहरी विकास समिति विस्तार भएको छ । समितिका सह-सभापतिमा नेपाल सरकारका पूर्व सचिव पूर्ण कडरिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंह चुनिएका छन् ।
समितिका सदस्यहरूमा नेपाल इञ्जिनियरिङ्ग एशोसिएसन (एनईए) का पूर्व अध्यक्ष ई। ध्रुव थापा, सोसाइटी अफ नेप्लिज् आर्किटेक्टस् (सोना) का पूर्व अध्यक्ष आर्किटेक्ट स्वरूप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनजङ्घा हाउजिङ्ग लिमिटेडका संचालक विनय उपाध्याय, बरीष्ठ स्ट्रक्चर ई. डा.पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका बरिष्ठ कानूनी सल्लाहकार डा.गोकुलप्रसाद बुर्लाकोटी छन् ।
समितिका सल्लाहकारहरूमा नापी विभागका पूर्व महानिर्देशक एवं सिमाविद् वुद्धिनारायण श्रेष्ठ र नागार्जुन नगरपालिका मेयर मोहन बस्नेत समेत रहेका छन् ।
समितिका आमन्त्रित सदस्यहरूमा जेनेरल इन्सुरेन्सका संचालक कृष्ण बोहोरा, गंगा प्रा.लि. (रियल ईस्टेट) का अध्यक्ष सिए दिनेश चुके, आइएनजीए रियल इस्टेट प्रा.लि., बुटवलका संचालक नारायण बञ्जाडे, जियोटेक इञ्जिनियर सञ्जय कुमार जैन, शिवम् हाउजिङ्ग विर्तामोडका प्रवन्ध सञ्चालक, सुदिप प्रसाई, उत्तरगंगा इन्भेष्टमेण्ट गु्रप प्रा.लि., सुर्खेतका अध्यक्ष सुदर्शन श्रेष्ठ र शालिमार होम प्रा.लि., विरगञ्जका सञ्चालक, ई.हेमन्त बैद छन् ।
समिति विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवस्थित शहरी विकासलाई पहिलो प्राथमिकतामा राखी त्यसका लागि आवश्यक नीति नियम बनाउनु पर्नेमा जोड दिएका छन् । अध्यक्ष गोल्छाले त्यसमा समितिले परिणाममुखी ढंगले काम गर्नेमा पनि आफू विश्वस्त रहेको बताए ।