नेपाली टोलीलाई भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेताको बधाई
भारतीय राष्ट्रिय कांग्रेस पार्टीका नेता राहुल गान्धीले पाकिस्तान र चीनको सीमामा रहेको केटु हिमालको सफल आरोहण गर्ने नेपाली टोलीलाई बधाई दिएका छन्।
मिङ्मा शेर्पा, किली पेम्बा शर्पा, दावा तेन्जिङ शेर्पा लगायतको १० जना नेपाली पर्वतारोहीको टोलीले हिउँद याममा माघ ३ गते शनिवार साँझ करिब ५स्४५ बजे केटु शिखर चुम्दै कीर्तिमान बनाएको हो।
सगरमाथापछिको विश्वकै दोस्रो अग्लो हिमाल केटुको आरोहण हिउँदमा यसअघि कहिलै भएको थिएन। आठ हजारभन्दा अग्ला हिमालमध्ये केटु मात्रै यस्तो हिमाल थियो जुन हिउँदमा चढ्न सकिएको थिएन। पाकिस्तानमा रहेको ८ हजार ६११ मिटर अग्लो केटु हिमाल आरोहण गर्नुलाई निकै कठिन मानिन्छ।