‘नक्कली देशभक्त’ले देशलाई अस्थिरतातर्फ धकेल्न खोजे : केपी शर्मा ओली


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको दाबी गरेका छन ।

नेपाल ट्रेड युनिययन महासङ्घ (जिफन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अराजकता र स्वार्थी प्रवृत्तिको किनारा लागेको बताएका हुन ।सम्बोधनकै क्रममा उनले ‘नक्कली देशभक्त’ले देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको बताए । नक्कली देशभक्तले बहुमत प्राप्त सरकार ढालेर जोरजामको सरकार बनाउने दाउ रच्दै देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप समेत लगाए ।

‘हामीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेका छौँ । जनताले सक्कली देशभक्तलाई समर्थन गर्छ कि नक्कली देशभक्तलाई ?’ उनले नेकपा दाहाल-नेपाल समूहमाथि व्यंग्य गर्दै भने, ‘बहुमत प्राप्त सरकारलाई कामै गर्न नदिने ? अहिले स्थायित्वको कुरा गर्दै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *