प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी र जनविरोधी हुन् : केपी शर्मा ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुसँग भएको साक्षात्कार कार्यक्रममा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले देशमा स्थिरता कायम गर्न संसद भंग गरेर जनतामा जाने निर्णय गरेको बताए ।

कार्यक्रममा ओलीले बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउन खोजेको खोजेकाले ताजा जनादेशमा जानु परेको उनले बताए ।
उनले भने, ‘संसद विघटन असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भन्नेहरु पनि छन् । अलोकतान्त्रिक कदम भनेर कराउने मान्छे नै संविधान विरोधी, लोकतन्त्र विरोधी, देश विरोधी र जनविरोधी हुन् ।’
कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका केही महत्वपूर्ण काम गर्नु कामहरु गरिरहेको भन्दै त्यसबारे सरकारको काम कारबाहीका बारेमा प्रष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *