भारतको उत्तराखण्डमा १९ वर्षे किशोरी मुख्यमन्त्री बन्दै
काठमाडौँ। भारतको उत्तराखण्डमा राज्यमा १९ वर्षीया किशोरीलाई मुख्यमन्त्री बन्ने भएकी छन् । राष्ट्रिय बालिका दिवसका अवसरमा उनलाई मुख्यमन्त्री बनाउन लागिएको हो।
राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्नेछिन् ।गोस्वामी आज (आइतबार) एक दिनका लागि मुख्यमन्त्री नियुक्त हुने उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिइन ।
मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि गोस्वामीलाई सरकारी अधिकारीहरूले आफ्नो कामबारे रिपोर्टिङ गर्ने र त्यसमाथि सृष्टिले जवाफ दिने बताइएको छ।