असफलता लुकाउन राष्ट्रिय राजनीतिको धुरीमा आगो
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले आफ्नो असफलता लुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको आरोप लगाएका छन् ।
शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता भुसालले जनताको आन्दोलनको बलमा प्रतिनिधि सभा पुनःस्थापना गरिछाड्ने दाबी गरेका हुन् । असफलता लुकाउन राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाउनुभयो । दुईतिहाइको फिरौती मागेर जुन ताण्डव नाच्नुभएको छ, यो कसरी सम्भव हुन्छ र?’ भुसालले भने, ‘अहिले कसैले चुनावको अपेक्षा गरेका छन् भने केपी ओली आफैँलाई दुईतिहाइको ग्यारेन्टी नहुँदासम्म चुनाव हुने छैन । संविधान पानीमा भिजाएर चुनाव गरिनेवाला छैन ।’