पुनःबहुमतसहितको सरकार हामी नै बनाउछौं : केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन हाल सडकमा रहेकाहरुलाई अनुरोध गरेका छन् ।
आफू निकट नेकपाको पेशागत विशेष जिल्ला कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले निर्वाचनपछि आफ्नो पार्टीको पुनःबहुमतसहितको सरकार बन्ने दावी गरे ।