संसद् पुनःस्थापना भए मुलुक प्रतिगमनतिर जान्छ : रामबहादुर थापा बादल
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले संसद् पुनःस्थापना भए मुलुक प्रतिगमनतिर धकेलिने बताएका छन् । प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै सत्यको अन्वेषण गर्नुपर्ने बेला आएको बताएका हुन् ।
उनले पार्टीबाट फुटेर गएका एक समूह (पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल)ले संसद् पुनःस्थापनाको मुद्दा उठाइरहेको बताउँदै त्यो सही नभएको बताएका हुन् ।