अद्यावधिक कार्यक्रमलाई सहयोग गर्न कांग्रेसको यस्तो परिपत्र
कांग्रेसले वैशाखमा तय गरिएको मध्यावधि निर्वाचनका लागि निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन जिल्ला-जिल्लामा परिपत्र गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा माघ १५ देखि सबै स्थानीय तहमा शुरू हुने नामावली अद्यावधिकसम्बन्धी कार्यक्रमका लागि आम नागरिकलाई सुसूचित गराउन जिल्ला कार्यसमिति मातहतका निकायलाई यथाशक्य छिटो सूचना दिन आग्रह गरिएको छ ।