नेकपाले शासन गर्ने वैधानिकता गुमाई सक्यो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन् ।
काठमाडौँमा बुधबार आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तर्क्रियामा नेता थापाले नेकपाले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन् ।
निर्वाचनबाट नेकपाले प्राप्त जनादेश गुमाएको उनको भनाइ छ । जनादेश गुमाउँदा राजनीतिक निष्ठाका आधारमा जनतासँग क्षमा माग्नुपर्ने भए पनि दुवै पक्षले क्षमा नमागेको उनले बताएका छन् ।