देश र जनतालाई एकताको सूत्रमा बाँध्न राजसंस्था आवश्यक :लोहनी


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन्।अध्यक्ष लोहनीले मोरङ जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै भने, ‘देश र जनतालाई एकताको सूत्रमा बाँध्न राजसंस्था आवश्यक छ।

शासन जनताले गर्ने, बेलायत, क्यानडा, नर्वेमा जस्तो अभिभावकका रुपमा रहने राजसंस्था व्यवस्था चाहिएको छ।’ उनले राजा र जनताको एकतामा नै देश बलियो हुने र प्रजातन्त्र सुढृद हुने बताए।

भागभण्डाका कारण प्रशासनयन्त्रमा आठपरिया प्रवृत्ति चलिरहेको भन्दै अध्यक्ष लोहनीले चिन्ता व्यक्त गरे। ‘एक वर्षमा तीन–तीन पटक सचिव सरुवा गरिन्छ, यो कस्तो व्यवस्था हो, कस्तो प्रजातन्त्र हो?’ उनको प्रश्न थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *