प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन्छु : केपी शर्मा ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताएका छन् ।
काठमाडौंमा आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले प्रधान मन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफ लिन तयार रहेको बताएका हुन् ।
आफूले संविधानसम्मत् तथा कानुनसम्मत् काम गरेकाले जवाफदेहिता लिने उनको भनाइ छ । आफूले गरेको काम लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेको दाबी गरेका थिए।