प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी :माधवकुमार नेपाल
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट संविधान र जनमतको अपमान भएको बताएका छन् ।
बर्दियाको गुलरियामा आयोजित बृहत् अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको आरोप लगाए ।
नेपालमा पटक-पटक विघटनको विकृति रोक्नका लागि नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था राखिएको जिकिर गरे ।
भेलामा उनले केपी शर्मा ओलीको सबै षड्यन्त्र चकनाचुर पारेरै छोड्ने दावी गरे । उनले प्रधानमन्त्री ओली सनकमा चलेको र देशले दुख पाइरहेको टिप्पणी गर्दै पार्टीमा प्रश्न उठाउँदा, पार्टी र संसदमा प्रश्न उठाउँदा संसद नै भंग गरेको आरोप लगाए ।