कोरोनारुपी भूकम्पसँगै नेपालमा राजनीतिक भूकम्प गएको छ
काठमाडौं । राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले कोरोनारुपी भूकम्पसँगै नेपालमा राजनीतिक भूकम्प आएको बताएका हुन्।
कोरोनारुपी भूकम्पले सिंगो विश्वलाई नै आज आक्रान्त तुल्याएको छ। नेपालको सन्दर्भमा पनि कोरोनाले हजारौं हाम्रा दाजुभाई दिदीबहिनीको ज्यान लिइकसकेको छ, गृहमन्त्री थापाले भने, विशिष्ट परिस्थिति अर्को एउटा जटिल परिस्थिति एउटा अर्को भूकम्प पनि सामना हामीले गरिरहनुपरेको छ।
भूकम्प दिवस मनाईरहँदा सरकारको पछिल्लो कदमले राजनीतिक अस्थिरता पैदा भएकोसमेत उनले बताए। नेपालमा फेरि एउटा राजनीतिक अस्थिरता पैदा भएको छ। संसद विघटन भएको छ।