संसद विघटनको विरोधमा ‘कालो मास्क’ र ‘कालो पट्टी’
काठमाडौँ। संसद विघटनको विरोधमा नेपाली कांग्रेसको भ्रातृसंगठन विद्यार्थी संघले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै नेविसंघले काठमडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।प्रदर्शनमा सहभागीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो परिहन लगाएका थिए ।
युवा विद्यार्थीले ‘केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चोरैचोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।