नेकपा ओली समूहको केन्द्रीय कमिटी १ हजार ५०१ सदस्यीय


काठमाडौँ। नेकपाको ओली समूहले केन्द्रीय कमिटी पुनः विस्तार गरेको छ । विस्तारित केन्द्रीय कमिटी अब १ हजार ५०१ सदस्यीय पुगेको छ ।

पार्टी विभाजनको स्थितिमा पुगेपछि विधान संशोधन गर्दै १ हजार १९९ सदस्यीय केन्द्रीय कमिटी बनाएका ओलीले फेरि केन्द्रीय सदस्य थपेका छन् ।‘


केन्द्रीय कमिटीको तेस्रो बैठकले दुई पटक नेकपाको अन्तरिम विधान २०७५ दोस्रो र तेस्रो संशोधन गरेको छ । यी संशोधनसँगै अब पार्टी केन्द्रीय कमिटीको सदस्य संख्या १ हजा ५ सय १ सदस्यीय भएको छ’,।


अन्तरपार्टी निर्देशिका (अपानि) मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १५०१ पुगेको जानकारी दिएको छ ।पार्टी विभाजनलाई प्रोत्साहन गरेको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकारी अधिकार खोसिएको अपानिमा भनिएको छ ।


“अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई दिइएको कार्यकारी अधिकार उहाँले एकीकरणका बाँकी काम सम्पन्न गर्ने दायित्व पूरा गर्न नसकेको, पार्टीको एकता महाधिवेशनको तयारीका काम अगाडि बढाउन नसकेको तथा पार्टी एकतालाई सुदृढ गर्नुभन्दा विभाजनकारी गतिविधिलाई प्रश्रय दिएको हुनाले फिर्ता गरिएको छ ।
पार्टी अध्यक्षका सबै कार्यकारी अधिकार अब प्रथम अध्यक्ष कमरेड केपी शर्मा ओलीमा निहित रहनेछन्,” पुस २२ को मितिमा जारी गरिएको अपानिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *