आफ्नो कार्यकालमा जस्तो अरु कुनै पनि सरकारका बेला काम नभएको ओलीको दाबी
आज राष्ट्रिय सभामा सम्बोधन गर्दै ओलीले सरकारलाई आफ्नै पार्टीका नेताले काम गर्न नदिएको आरोप लगाए।
ओलीले राष्ट्रिय सभाको बैठकमा आफ्नो कार्यकालमा जस्तो अरु कुनै पनि सरकारका बेला काम नभएको दाबी पनि गरेका छन्। उनले रानीपोखरीदेखि भूकम्पले भत्काएका संरचनाको पुनर्निर्माण भएको बताए।
ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित मिचिएको भूभाग स्वामित्वमा ल्याउने जिकिर गरेका छन् ।
राष्ट्रियसभा बैठकमा बोल्दै ओलीले मित्रतापूर्ण ढंगले तथ्य र प्रमाणका आधार छलफल गरेर भूमिलाई नेपालको स्वामित्वमा ल्याउने बताए ।
त्यस्तै ओलीले प्रतिनिधिसभा विघटन संविधानसम्मत नभएको बताएका पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध पनि आक्रोश पोखेका थिए ।