विश्वकै खराब पासपोर्टको सूची जारी,नेपाल कता?
काठमाडौँ। पासपोर्टबारे सूची राख्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्सले सन् २०२१ सुचि जारी गरेको छ। नेपालको पासपोर्ट विश्वकै खराब सूचीमा परेको छ ।नेपालको पासपोर्ट उत्तर कोरिया र सुडानको भन्दा पनि खराब सूचीमा परेको छ।
सूचीमा नेपाल ११० मुलुकमध्ये १०४ औँ स्थानमा परेको छ।
सूचीमा सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान पहिलो स्थानमा छ ।
दक्षिण एसियामा सबैभन्दा कमजोर पासपोर्ट पाकिस्तान र अफगानिस्तानको रहेको छ ।
उत्तर कोरिया १०३औँ र सुडान १०२औँ स्थानमा रहँदा नेपाल १०४ औँ स्थानमा परेको हो।
सूची अनुसार नेपालले ३८ वटा मुलुकमा फ्रि भिसाको अवसर प्राप्त गरेको छ । नेपालसँगै द्धन्द्धग्रस्त मुलुक लिबिया पनि सोही स्थानमा छ ।
यस्तो छ सूची
शक्तिशाली पासपोर्ट भएका देश
१। जापान १९१ देश
२। सिंगापुर १९०
३। दक्षिण कोरिया, जर्मनी १८९
४। इटाली, फिनल्याण्ड १८८
५। स्पेन, लक्जमबर्ग, डेनमार्क १८७
सबैभन्दा खराब पासपोर्ट भएका देश
१००। उत्तर कोरिया, सुडान ३९ देश
१०१। नेपाल, प्यालेस्टाइनी क्षेत्र ३८
१०२। लिबिया ३७
१०३। यमन ३३
१०४। सोमालिया, पाकिस्तान ३२
१०५। सिरिया २९