प्रतिनिधिसभा विघटन संवैधानिक नभएको चार पूर्वप्रधानन्यायाधीशको निष्कर्ष(विज्ञप्तिसहित)
काठमाडौँ । चार जना पूर्वप्रधानन्यायाधीशहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गरेका छन् ।
पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति निकाल्दै प्रतिनिधिसभा विघटन संवैधानिक नभएको धारणा सार्वजनिक गरेका छन् ।‘
नेपालको संविधानको धारा ७६ मा मन्त्रिपरिषद गठन गर्ने सिलसिलामा वा सो प्रयोजनको लागि बाहेकको कुनै पनि अवस्थामा पनि प्रतिनिधि सभा विघटन गर्ने अधिकार एवं व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधि सभा विघटन गरिएको पाइन्छ।’ विज्ञप्तिमा उल्लेख छ।
संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार भन्ने तर्कको पनि विज्ञप्तिमा खण्डन गरिएको छ ।