केपी ओलीलाई पार्टीले जन्माएकोमा क्षमा चाहान्छौं
नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली एक नम्बरको भगौडा भएको बताएका छन्।
राजधानीमा आयोजित अछाम-काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै रावलले संविधानमा बजारेको अपबित्र बुटले टेकेर ओलीले सुदूरपश्चिमलाई अपवित्र बनाएको टिप्पणी गरे।
‘रअका प्रमुख सामन्तसँग अधेरी रातमा भेट्ने ओली भगौडा नम्बर एक हो ।
घोषणा पत्र र पार्टीबाट भाग्ने भगौडा कोही हो भने केपी ओली हो,’ रावलले भने, ‘उहाँले धनगढीमा भगौडा भन्नुभएछ। म भन्छु भगौडा केपी ओलीको पछि नलागौं।’
केपी ओलीलाई पार्टीले जन्माएकोमा क्षमा चाहान्छौं,’ रावलले भने।
आफूले सदैव राजनीतिक भाषा प्रयोग गर्दै आएको भन्दै प्रधानमन्त्रीको किड्नीका बारेमा आफूमाथि लगाइएको आरोप पनि प्रायोजित रुपमा ओलीको साइबरसेनाले लगाएको स्पष्ट पारे ।