संसद विघटनविरुद्ध दायर रिटमा आजबाट नियमित सुनुवाइ


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा आजबाट नियमित सुनुवाइ सुरु हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट नियमित सुनुवाइ हुने भएको हो ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सो कार्य असंवैधानिक भन्द‌ै दर्जन बढी रिट परेमा छन् । पुस १० गते संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आजबाट नियमित सुनुवाइ गर्ने निर्णय गरेको थियो ।
सर्वोच्चको अघिल्लो आदेशअनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री ओली र सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्चमा लिखित जवाफ पेस गरिसकेका छन्।
प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नु राजनीतिक बाध्यता भएकाले न्यायिक पुनरावलोकनको विषय हुन नसक्ने भन्दै मुद्दा खारेजी हुनुपर्ने उल्लेख गरेका छन् भने सभामुख सापकोटाले संविधानमा विकल्प हुँदाहुँदै प्रतिनिधिसभा विघटन हुन नसक्ने भन्दै पुनर्स्थापनामा जोड दिएका छन्।

पुस १० को प्रारम्भिक सुनुवाइपछि अब नियमित सुनुवाइ हुन लागेको हो । संवैधानिक इजलासले सो मुद्दामा एमिकस क्युरीसमेत झिकाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *