सुवास नेम्बाङको निरिहता देखेर दया लाग्यो : गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली कदमका विषयमा तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निरिहता देखेर दया लागेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारण सार्वजनिक गर्दै उनले संविधानसभामा अध्यक्ष भएको नाताले पनि प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्नुपर्नेमा नेम्वाङ लुकेर बसेको थापाको टिप्पणी छ ।
‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरू हुँदैछ। म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभा समिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ।’
थापाले अगाडी लेखेका छन् ‘मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो। मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन भनेर सन्दर्भसहित जमेर बहस गर्नु हुनेछ,’ थापाले भनेका छन्, ‘अपसोच उहाँ त कसैले केही सोध्लान् की भनेर लुकेर बस्नुभएको छ। प्रश्नबाट भाग्नुभएको छ।