कायम मुकायम गभर्नरको जिम्मेवारी निलम तिम्सिनालाई

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
महाप्रसाद अधिकारीको कार्यकाल गत शनिबार सकिएको थियो । यससँगै राष्ट्र बैंकको गभर्नर पद रिक्त रहेको छ ।