हरेक क्षेत्रमा बिचौलियाको बिगबिगी देखियो


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान देशको परिस्थिति अत्यन्तै नाजुक रहेको बताएका छन् । आइतबार (चैत २४) काठमाडौंमा आयोजित सर्जक सुमन कर्मचार्यको ‘कात्रोमा खल्ती’ आख्यानको लोकार्पण कार्यक्रममा उनले देशको राजनीति, आर्थिकलगायत क्षेत्र अत्यन्तै नाजुक रहेको बताएका हुन् ।

कांग्रेस र नेकपा (एमाले)बीच सरकार बन्दा संविधान संशोधन वा सुधार गर्ने भनिएको उनले उल्लेख गरे । तर, नौ महिना बित्दा पनि त्यसतर्फ ध्यान नदिइएको उनले बताए ।

नेता कोइरालाले बिचौलियाको बिगबिगी हरेक क्षेत्रमा देखिएको टिप्पणी गरे । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेलको कुरा सुनिएको उनले बताए । उनले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरिए नेपालकै निम्ति दुर्भाग्य हुने बताए ।

नेपालको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नरहेकामा उनले जोड दिए । वर्तमान सत्ता गठबन्धनको औचित्य सावित हुन नसकेको उनले टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *