पोखरामा भलिबल च्याम्पियनसिप हुने


लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालको आयोजनामा ‘प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित पुरुष भलिबल च्याम्पियनसिप–२०८२’ हुने भएको छ ।

लायन्सले काठमाडौँमा पत्रकार सम्मेलन गरी आगामी वैशाख १८ गतेदेखि २२ गतेसम्म पोखरामा भलिबल च्याम्पियनसिप हुने जानकारी गराएको हो ।

संस्थाको स्थापना अन्तरराष्ट्रियस्तरमा एक सय सात वर्ष र नेपालमा ५३ वर्ष पूरा भएको उपलक्ष्यमा नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवर्द्धन गर्ने उद्देश्यले भलिबल च्याम्पियनसिप आयोजना गर्न लागिएको डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । उनले खेलहरू पोखरा रङ्गशालास्थित मल्टिपर्पोज हलमा हुने बताए ।

उनले लायन्सको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा भलिबल खेलको प्रवर्द्धन गर्नु र युवा खेलाडीलाई अन्तरराष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नु च्याम्पियनसिपको प्रमुख उद्देश्य रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *