गृहमन्त्रीद्वारा क्षतिग्रस्त तीनकुने र कोटेश्वर क्षेत्रको अनुगमन


गृहमन्त्री रमेश लेखकले राजावादीहरुको आन्दोलनका क्रममा क्षति पुगेको तीनकुने लगायतका क्षेत्रको अनुगमन गरेका छन् ।

शनिवार बिहान गृहमन्त्री लेखकसहित मन्त्रालयका कर्मचारीहरुले क्षतिग्रस्त भएका स्थानहरुको अनुगमन एवं निरीक्षण गरेका हुन् । शुक्रवारको आन्दोलनमा आन्दोलनकारीहरुले तीनकुने, बानेश्वर, जडिबुटी, कोटेश्वर लगायतका क्षेत्रमा निजी र सार्वजनिक सम्पती तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए ।सोही स्थानको अवस्थाबारे बुझ्न गृहमन्त्री लेखक शनिवार उक्त क्षेत्रको अनुगमनका लागि गएका हुन् । राजावादीहरुको आन्दोलनका क्रममा एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो । यस्तै दर्जन बढि घर र सवारी साधनमा आगलागी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *